शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन सुरु

  • सोमवार, जेष्ठ १३, २०८२
सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन सुरु

 सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ। अधिवेशन अन्तर्गतको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई (कर प्रस्तावबाहेक) सभासमक्ष प्रस्तुत गरे। बैठकमा प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई संशोधनसहित तयार पारिएको सुदूरपश्चिम स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिका सभापति दिवानसिंह विष्टले पेस गरे।

यसअघि छैटौँ अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का खगराज भट्ट, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (एकीकृत समाजवादी) पार्टीका नरेशकुमार शाही र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरे। उनीहरुले प्रदेशको विकास र समृद्धिका लागि सत्ता प्रतिपक्षी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

चर्चामा

सम्बन्धित समाचार