
उमेर ढल्दै जाँदा एक्लिने डर हुँदोरहिछ,
मानिस यो वेला जटिल डगर हुँदोरहिछ।
छोडि जान्छन् प्वाँख लागेपछि बचेराहरू,
वृद्धा अवस्था नै एकलो सफर हुँदोरहिछ।
जन्माए हुर्काए बा आँमा कर्तव्य नै होला,
त्यसपछि आफ्नै घरपनि वेघर हुँदोरहिछ।
औषधि पनि दुषपरिणाम दिन्छ कुनैवेला,
कसैको त जिब्रैमा समेत जहर हुँदोरहिछ।
कति बोझिला रात हुँदा रहिछन् आँखामा,
सपनाहो वा बिपना खै वेखबर हुँदोरहिछ।
मानिसहरू मरे पछि आस गर्छन स्वर्गको,
मन तिमाल्ने त्यो पनि अवसर हुँदोरहिछ।
