• होमपेज
  • समाज
  • विमानस्थलको घटनामाथि विस्तृत अनुसन्धान सुरु भएको छ : अख्तियार

विमानस्थलको घटनामाथि विस्तृत अनुसन्धान सुरु भएको छ : अख्तियार

  • बिहिबार, जेष्ठ ९, २०८२
विमानस्थलको घटनामाथि विस्तृत अनुसन्धान सुरु भएको छ : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकहरुलाई सेटिङमा विदेश पठाउने र मानव तस्करी गरेको घटनामाथि विस्तृत अनुसन्धान सुरु गरेको छ ।

दर्ता भएका उजुरीका आधारमा निगरानी र थप केही सूचना संकलन गरेपछि सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको भन्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर बुधबारदेखि नै विस्तृत अनुसन्धान अघि बढाएको हो ।

‘अनुसन्धान अधिकृत तोकिएलगत्तै उहाँलाई नियन्त्रणमा ल्याएर सोधपुछ गरेका हौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘उहाँ लगायत केहीलाई बिहीबार बिहानैदेखि बयान लिन थालिएको छ । अरु केही कर्मचारी र एजेन्टहरू समेत अनुसन्धानको दायरामा छन् ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बुधबार नियन्त्रणमा लिइएका सहसचिव हसचिव तीर्थराज भट्टराईलाई केही सोधपुछपछि छाडिएको र बिहीबारदेखि फेरि सोधपुछ सुरु भएको बताए ।

उनका अनुसार, उपकरण लगायतका केही प्रमाणहरू संकलन भइसकेकाले थुनामा राख्नुपर्ने आवश्यकता नभएको हो । उनले भने, ‘रंगेहात घुसको घटना अनि प्रमाण नष्ट गर्नसक्ने अवस्थामा बाहेक कुनै पनि व्यक्तिलाई पक्राउ नगर्ने आयोगको रणनीति नै छ ।’
अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार