
मुगु —यार्सागुम्बु संकलन गर्न हिँडेका मुगुम कार्मारोङ गाउँपालिका—५ का एक युवक चिप्लियर मुगु कर्णाली नदीमा बेपत्ता भएका छन् । मुगुम कार्मारोङ गाउँपालिका—५ सेरोग गाउँका ४० वर्षीय सेराप साग्बु लामा यार्सा संकलन गर्न बुधबार घरबाट हिँडेका थिए ।
यार्सा संकलनका लागि पाटन क्षेत्र जान लाग्दा कर्णाली नदीमा राखिएको काठमा चिप्लिएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो । यार्सा संकलनका लागि पाटन क्षेत्र जानका लागि सिरानी चौरस्थित मुगु कर्णालीमाथि राखिएको काठबाट खसेर लामा बेपत्ता भएको मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ पुटिक तामङले पुष्टि गरिन्। उनका अनुसार घटना बुधबार राति ८:३० बजेतिरको हो।
सर्वसाधारणका लागि मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेबाट यार्सा संकलनका लागि खुल्ला गरेको सूचना सार्वजनिक गरेको छ। तर, उनीहरू यार्सा टिप्ने समय अगावै पाटनतिर गएको बुझिएको छ। सेरापको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण
