• होमपेज
  • बडिमालिका
  • बाजुरा बडीमालिका नगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत भट्टराई पक्राउ

बाजुरा बडीमालिका नगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत भट्टराई पक्राउ

  • बुधबार, जेष्ठ ८, २०८२
बाजुरा बडीमालिका नगरपालिकाका पुर्व  प्रमुख प्रशासकिय अधिकृत भट्टराई पक्राउ

बाजुरा– बाजुराकाे बडिमालीका नगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत तथा हाल गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् ।  उनी हिजो बेलुकी मात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको भन्दै उनि प्रकाउ परेका हुन । त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ । भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’

अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारिरहेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताएनन् । आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेकोबारे यथेष्ट आधारहरू फेला परेका छन् । यसबारे गृह मन्त्रालयसम्म पनि सूचना पुगेको थियो । त्यसपछि एकदिन अघि मात्र उनी सरुवामा परेका थिए ।

काठमाडौंबाट पक्राउ परेका भट्टराईलाई लगत्तै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल मार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा उनी संलग्न रहेको पाएपछि अख्तियारले पक्राउ गरेको थियो । फर्जी कागजातका आधारमा पठाउने कार्यमा उनको पनि संलग्नता रहेको अख्तियार निकट स्रोतले बताएको छ

त्रिभुवन अन्तर्राष्टिय अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङमा भिजिट भिसामा व्यक्तिहरूलाई विदेश पठाइने गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा विमानस्थलमा रहेको अध्यागमन कार्यालयकै अधिकारीहरूको संलग्नतामा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई विदेश पठाइने अनुसन्धानका क्रममा खुलेको हो ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईकै संलग्नता देखिएपछि आयोगले उनलाई पक्राउ गरेको छ । हाल आयोगको टंगालस्थित कार्यालयको नियन्त्रणमा राखिएका उनको मोबाइल समेत जफत गरिएको छ । मोबाइलमार्फत् उनको मानव तस्कर गिरोहसँग संलग्नताबारे थप प्रमाणहरू खुल्ने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागमन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको छ ।

यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत फर्जी कागजातका आधारमा लेनदेनमा भिजिट भिसामा विदेश पठाएको आरोपमा कार्यालयका अधिकृतहरूलाई पक्राउ गरेको थियो । त्यसबेला नरविर खड्कालाई प्रहरीले विमानस्थलबाहिर होटल बाल्टिकबाट नगदसहित पक्राउ गरेको थियो । त्यसक्रममा ६६ जना युवाको सूची समेत फेला परेको थियो ।

अनुसन्धानमा एक अधिकारीका अनुसार, पछिल्लो समय यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो भने यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको थियो । कार्यालयका एक अधिकृत यसरी संकलन हुने रकम अध्यागमनका अन्य तहका कर्मचारीसम्म पनि पुग्ने दाबी गर्छन् । ‘लेनदेन बाहिरै हुने हो, त्यहाँ मोबाइलमा आएको विवरणका आधारमा मानिसहरूलाई कटाउने हो’, ती अधिकृतले भने ।

आयोगले पक्राउ गरेका भट्टराई विवादित छविका अधिकारी हुन् । उनी पहिले काठमाडौंमा स्थानीय विकास अधिकारी हुँदा २०७२ सालमा ‘त्रिपाल काण्ड’मा मुछिएका थिए । पछि सफाइ पाउँदा उनले शक्ति केन्द्रसँग निकटताका आधारमा आकर्षक पोस्टिङ पाउँदै आएका थिए ।

उनी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पनि प्रमुख भएका थिए । उनीमाथि छानबिन भइरहेको थाहा पाएपछि मंगलबार बेलुकी मात्र उनी जिम्मेवारीबाट हटाइएका थिए ।

तर, विमानस्थल अध्यागमनका एक अधिकारी भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थाहा पाएपछि भट्टराई आफैंंले सरुवा मागेको जिकिर गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार