• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

  • मङ्लबार, जेष्ठ ७, २०८२
बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलवार जिल्लाको हिमाली गाउँपालिका ५ बस्ने १७ बर्षकी गर्भवती जुनिता कुमारी थापाको उद्धार गरिएको हो ।
कोल्टी अस्पतालमा पुगेकी गर्भवती थापाको जटिल समस्या भएर सुत्केरी हुन नसक्ने अवस्था भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको अस्पतालले जनाएको छ । थापाको पेटमा करिब ३४ हप्ताको बच्चा रहेको र कोल्टी आधारभुत अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि सुर्खेत रेफर गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हवाई उद्धार गरी दिन भनी कोल्टी अस्पतालको पत्रपछि गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार