बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुराबाट डेढ दशकमा एघार हजार बढीले लिए श्रम स्वीकृति

बाजुराबाट डेढ दशकमा एघार हजार बढीले लिए श्रम स्वीकृति

सुदूरपश्चिमबाट श्रम स्वीकृति लिनेको संख्या साढे २ लाख नाघ्याे

  • सोमवार, बैशाख २९, २०८२
सेयर गर्नुहोस् :
बाजुराबाट डेढ दशकमा एघार हजार बढीले लिए श्रम स्वीकृति

बाजुरा– सुदूरपश्चिम प्रदेशको बाजुराबाट वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या डेढ दशकमा एघार हजार ८२ जनाले लिएका छन । बाजुराबाट आर्थिक वर्ष २०६४/०६५ देखि २०८१ सालको फागुन मसान्तसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिने व्यक्तिको संख्या एघार हजार ८२ पुगेको तथ्याकं सार्वजनिक भएको हो । श्रम स्वीकृति लिने मध्ये १० हजार ४ सय ७१ पुरुष तथा ६ सय ११ महिला रहेको तथ्याकंमा उल्लेख गरिएको छ । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरिएको छ । २०८१ अन्तिम महिना चैत्रमा मात्र २ सय ११ जनाले श्रम स्वीकृति लगिएको बैदेशिक रोजगार बिभागको तथ्याकंमा उल्लेख गरिएको छ ।

The number of people who received work permits in the Far West exceeded 2.5 million in a decade and a half

सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या डेढ दशकमा साढे २ लाख नाघेको छ ।  प्रदेशमा आर्थिक वर्ष २०६४/०६५ देखि २०८१ सालको फागुन मसान्तसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिने व्यक्तिको संख्या २ लाख ५२ हजार ६४६ रहेको तथ्यांक सार्वजनिक भएको हो । तीमध्ये २ लाख ४३ हजार ४५६ पुरुष तथा ९ हजार १९० महिला रहेका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार