• होमपेज
  • बडिमालिका
  • नागरिकको सहयोग विना कुनै काम सम्भव छैनः डिआईजी वि.क.

नागरिकको सहयोग विना कुनै काम सम्भव छैनः डिआईजी वि.क.

  • आइतवार, बैशाख २८, २०८२
नागरिकको सहयोग विना कुनै काम सम्भव छैनः डिआईजी वि.क.

बाजुरा– सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर विश्वकर्माले नागरिकको आधारभूत सुरक्षाका लागि प्रतिवद्ध भएर लाग्ने बताएका छन् । आइतवार बडीमालिका नगरपालिकाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख डिआईजी विश्वकर्माले यस्तो बताएका हुन् । यहीँ वैशाख २४ गते मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड समालेका डिआईजी विश्वकर्माले जिल्लाको शान्ति सुरक्षा र चिनजानका लागि बाजुराबाट पहिलाे जिल्ला भ्रमण सुरुवात गरेको बताएका छन् ।
परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख विश्वकर्माले प्रहरी समाजको प्रमुख अंग भएकाले समाजको सहयोगविना कुनै काम सम्भव नहुने बताए । उनले भने,“हरेक घटना समाजमा घट्छ, त्यसको छानविन तथा पीडितलाई न्याय दिन समाजको महत्वपूर्ण सहयोगको आवश्यक हुन्छ ।”

No description available.
त्यस्तै डिआईजी विश्वकर्माले नागरिकहरुले कुनै पनि अपराधिक घटनालाई राजनीतिक आँखाले हेर्न थाल्यो भने प्रहरी सरुवा भएर जान्छ तर त्यो संस्था सधैं आलोचित हुने बताए । उनले आजैबाट अपराधिक घटनालाई कुनै राजनीतिक रङ नदिएर त्यसलाई अपराधकै रुपमा हेर्दा मात्रै पीडितले न्याय पाउने बताए ।

No description available.
त्यस्तै जिल्लामा घट्ने घटनाहरुलाई सम्प्रेषण गर्न तथा आमनागरिकलाई सूसुचित गर्ने काम पत्रकारको भएकाले यसलाई पनि प्राथमिकतामा राख्न जिल्ला प्रहरी प्रमुख इकवाल हवारीलाई निर्देशन दिएका छन् । त्यसैगरी डिआईजी विश्वकर्माले दुई वटा जिल्लाका सिमानाका एउटै प्रहरीहरुले पनि फरक सुविधा पाउने विषय सरकारकै नीति भएकाले यसमा आफूले पनि सम्बन्धित निकायमा पहल गर्ने बताए ।
बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख विक सहितको टोलीलाई नगरपालिकाले मायाको चिनो सहित स्वागत गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार