बाजुरा—सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका दुई सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालय छनौट गरेको छ । प्रदेश सरकार समाजिक विकास मन्त्रालयले बाजुराका २ निर्वाचन क्षेत्रका २ विद्यालयलाई नमूना विद्यालय छनौट गरेको हो ।
मन्त्रालयका अनुसार जिल्लाकाे प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट जनप्रकाश मावि बुढीनन्दा २ र निर्वाचन क्षेत्र (ख) बाट पशुपति मावि बुढीगंगा नगरपालिका ३ नमूना विद्यालयका रुपमा छनौट भएका छन् ।
त्यस्तै प्रदेश सरकारले बाजुरा सहित ९ वटै जिल्लाका १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमूना विद्यालय छनौट गरेको गरेको छ । मन्त्रालयले नमूना विद्यालयका लागि प्रदेशभरीका सामुदायिक विद्यालयलाई मागेकोे आवेदन अनुरुप यहीँ वैैशाख २५ गते बसेको बैठकले नमूना विद्यालय छनौट गरेको जनाएको छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको सूचनामा नमूना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरु योजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरु योजना पेश गर्न अनुरोध गरेको छ।