आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • देश/प्रदेश
  • यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • शनिबार, बैशाख २०, २०८२
यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार