• होमपेज
  • कोशी प्रदेश
  • कोशी लगानी सम्मेलन सुरू,प्रधानमन्त्रीले गरे उद्घाटन

कोशी लगानी सम्मेलन सुरू,प्रधानमन्त्रीले गरे उद्घाटन

  • बिहिबार, बैशाख १८, २०८२
कोशी लगानी सम्मेलन सुरू,प्रधानमन्त्रीले गरे उद्घाटन

विराटनगर : कोशी प्रदेश लगानी सम्मेलन, २०२५ सुरु भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलन दुई दिनसम्म चल्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् ।

सम्मेलन उद्घाटनअघि प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न कोशी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गरिने जानकारी दिए ।

उनले कोशी प्रदेशको लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको भन्दै आभार व्यक्त गरे । कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई ‘सोकेस’मा राखिएको छ । १ वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार