
बाजुरा– बाजुरामा पछिल्लो समय अख्तियार सम्बन्धीका उजुरीहरु बढ्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा बाजुराबाट झण्डै दुई बर्षको अवधिमा २ सय ९१ उजुरी दर्ता भएका छन् ।
जिल्लाबाट चालू आर्थिक बर्ष २०८१।०८२ को हालसम्म मात्रै अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका समेत गरी १ सय ७१ वटा अख्तियारमा दर्ता भएको जनाएको छ । ती मध्ये हालसम्म ८७ उजुरी फर्छौट भइसकेका छन् भने ८४ वटा उजुरी बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।
त्यस्तै गत आर्थिक बर्षमा जिल्लाबाट विभिन्न प्रकृतिका २ सय २० उजुरी अख्तियारमा दर्ता भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जिल्लाबाट अख्तियारमा पुगेका मध्ये धेरैजसो स्थानीय तहसँग सम्बन्धित उजुरी रहेका छन् ।
