आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • शिक्षा
  • नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

  • बिहिबार, बैशाख ११, २०८२
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

काठमाडौं — नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

चर्चामा

सम्बन्धित समाचार