शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

  • बिहिबार, बैशाख ११, २०८२
पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

काठमाडौं— भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय पनि भारत सरकारले गरेको छ ।

यी हुन् भारत सरकारले गरेका पाँच ठूला निर्णय

१.भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज

२.अटारी सीमानाका बन्द । भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन ।

३. पाकिस्तानी नागरिकको भिसा रद्द ।

४.नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय ।

५.हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने ।

आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले यी निर्णयहरु गरेको हो । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार