शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • हिमालीको महिला उत्थान कृषि सहकारीका कर्मचारीले १४ लाख बढी रकम हिनामिना गरेको आरोप

हिमालीको महिला उत्थान कृषि सहकारीका कर्मचारीले १४ लाख बढी रकम हिनामिना गरेको आरोप

छानविन गर्दै प्रशासन

  • बुधबार, बैशाख १०, २०८२
हिमालीको महिला उत्थान कृषि सहकारीका कर्मचारीले १४ लाख बढी रकम हिनामिना गरेको आरोप

बाजुरा—बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा स्थित महिला उत्थान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारीहरुले १४ लाख बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

२०७६ सालमा स्थापना भएर बचत र लगानी कार्य गर्दै आएको सो सहकारीका तत्कालीन व्यवस्थापक र बजार प्रतिनिधिले सो रकम हिनामिना गरेको सहकारीले जनाएको छ ।

हिमाली गाउँपालिका ४ घर भएका सहकारीका व्यवस्थापक जय बहादुर भण्डारी र बजार प्रतिनिधिका रुपमा काम गर्दै आएकी सोही ठाउँकी मती हजारी भण्डारीले सो रकम हिनामिना गरेको आरोप लागेको छ ।

ती दुवै जनाले २०८० चैत्रमा रकम हिनामिना गरेर भागेको भन्दै महिला उत्थान कृषि सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिएको छ । त्यसपछि फरार दुवै जनालाई हिसाबकितावका लागि फोन सम्पर्क गर्दा हामी आफैं आएर गर्छौ भन्ने जवाफ आएपनि अहिलेसम्म सम्पर्कविहिन रहेको जनाएको छ ।

उनीहरु फरार भएपछि तत्काल कार्यसमितिको बैठक बसेर आर्थिक लेखाजोखा गर्दा शेयर र बचत जम्मा रकम २० लाख ९३ हजार २५० उठेको उजुरीमा उल्लेख छ । त्यस्तै त्यस समयसम्म ६ लाख ७२ हजार ३४५ रुपैयाँ ऋण लगानी रहेको र बाँकी १४ लाख २० हजार ९१० रुपैयाँ ती दुवै जनाले हिनामिना गरेको बताएको छ । त्यस्तै उक्त सहकारीले तत्काल दुवै जनाबाट सो रकम असुल गरी कानुन बमोजिम कारबाहीको माग गरेको छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयले यस बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार