• होमपेज
  • बुढीगंगा
  • सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न नगर प्रमुख बाँनियाकाे अनुराेध

सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न नगर प्रमुख बाँनियाकाे अनुराेध

  • सोमवार, बैशाख ८, २०८२
सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न नगर प्रमुख बाँनियाकाे अनुराेध

बाजुरा– बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकाहरु पढाउनुपर्ने बताएका छन् । नगर प्रमुख बाँनियाले शिक्षक महासंघको आन्दोलन केन्द्रीत  सामाजिक संजाल मार्फत  भएर आफ्नो धारणा राख्दै जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरुका बालबालिकाहरु अनिवार्य सामुदायिक विद्यालयमा पढाउने गरी नीति नगरले लिने बताएका छन् ।

शिक्षकहरु विभिन्न माग राख्दै राजधानी काठमाण्डौंमा आन्दोलन गरिरहेको बताउँदैं आन्दोलनमा आफ्ना बालबालिका समेत आफै अध्यापन गराउने विद्यालयमा पढाउछौं भनेर नारा लगाउन समेत जरुरी रहेको बताएका छन् । गरिब र विपन्न समुदायका बालबालिका मात्र सामुदायिक विद्यालय रहेको तर जनप्रतिनिधि, शिक्षक र कर्मचारीका संस्थागत विद्यालयमा हुनु दुःखद विषय भएको बताए ।

आफ्नो एक छोरा समेत हाल नगरपालिकाकै एक विद्यालयमा अध्ययन गरिरहेको स्म्रण गर्दै बाँनियाले सुरुवात आफैबाट गरेको बताएका छन् । नगरले नीति बनाएको कार्यान्वयनमा नजाने प्रवृत्ति समेत उस्तै रहनुले देशको स्थिति माथि उठ्न नसकेको उल्लेख गरेका छन् ।

अरुलाई आरोप लगाउने र काम नै भएन भन्ने मात्र भाष्य सिर्जना गर्न खोज्नु तर व्यक्तिले आफु परिवर्तन नहुने कुर हावी भएको बताएका छन् । शिक्षक महासंघका जायज मागहरु संघीय सरकारले सम्बोधन गर्नुपर्ने माग राख्दै बाँनियाले शिक्षकले आफै अध्यापन गर्ने विद्यालयमा बालबालिका नपढाउने कुरा पनि हुन्छ ? भनेर प्रश्न गरेका छन् । नीतिको सबैले पालना गर्नुपर्ने भएकोले आफुले नगरपालिकाका सबै विद्यालयमा अनिवार्य रुपमा बालबालिका पढाउने गरी नगरका शिक्षकहरुले आन्दोलनबाट फर्किन अनुरोध गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार