
मानव समाजमा मानवताकै बेचबिखान हुनथाल्यो,
कतै अञ्जानमा भयो त कतै जानाजान हुनथाल्यो।
कस्तो अबस्था सिर्जना गरायो पैसाप्रधान समाजले,
हिँजो आज घर घरमै भ्रष्टाचारकै दोकान हुनथाल्यो।
महंगिले ढाड् नै सेक्यो आँम उपभोक्ताको देशभित्र,
धन सम्पत्तिमा झुण्डिएको सबैको परान हुनथाल्यो।
भन्छन् निस्वार्थ छौँ हामि देशहरू र जनताकै लागि,
बिगार्यो सबै ढाँचा यहाँ लोकाचार प्रधान हुनथाल्यो।
भोकले सतायो मानिसलाई न बारी छ न पेसा काम,
सोंचिरहंदा डिप्रेसन हुन्छ मनमा तुफान हुनथाल्यो।
गाई भैंशि पाल्न छाडे र जमिन बञ्जर हुनथाल्यो,
दुध दही भन्धा बढी बिक्री मदिरापान हुनथाल्यो।
