• होमपेज
  • सुचना प्रबिधी
  • विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

  • शुक्रबार, बैशाख ५, २०८२
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जानकारी दिएको हो ।

आवेदन दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३५ वर्ष पूरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित मन्त्रालयमा दरखास्त पेस गर्न सक्नेछन् ।
490991500_708745778251577_5075601033362169144_n

चर्चामा

सम्बन्धित समाचार