शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • बाल अधिकारको सुरुवात (कविता)

बाल अधिकारको सुरुवात (कविता)

  • बुधबार, बैशाख ३, २०८२
बाल अधिकारको सुरुवात (कविता)

पढ्न पाउने लेख्न पाउने हाम्रो अधिकार ।
यहि आवाज दोहोर्‍याउन्छौ हामी बारम्बार ।।

नवजात देखि किशोर सम्म बाल र बालिका ।
बिश्वमा यिनी कर्णदार हुने आ-आफ्नो पालिका।।

सरसफाइ गर्न नसक्ने हुन्छन् बालकहरुले।
सरसफाइ आमा र बुवा गरीदेऊ अरुले।।

बालकहरु गरिबी धेरै गाउँ र शहरका ।
नसक्ने बालक सरसफाइ गर्न आमाका भरका।।

सामाजिक शैक्षिक आर्थिक बाट पछाडी रहेका।
रुदाछन कति बालबालिका असहाय भएका।।

बालकहरुको दुख देखेर यहाँ समिती बनेको
बालबालिका शान्तिका क्षेत्र अहिले छ भनेको।।

बालकहरुको दुख हटाउनलाइ यो बिश्व भेलाले।
यी सबै कुरा निर्णय गर्यो संसारको मेलाले।।

बालकहरु बन्चित भए सुबिधा पाउन।
स्कुल पनि केटा र केटी सकेनन् आउन।।

बाल अधिकारको सुरुवात यहाँ यसरी भएको।
बिश्वको सबै देशको पनि सल्लाह गएको।।

बिश्वमा युद्ध चलेको थियो संसारै डराए।
बालकहरु टुहुरा भए आफन्त हराए।।

सन अठारसय चौध सालमा यो युद्ध चलेको।
बिश्वमा रगतका खोला बगेर जमिन गलेको।।

चार बर्ष सम्म यो युद्ध चल्यो संसार भरीमा।
बालकहरु टुहुरा भए आफन्त मरीका।।

आमा बुवा मरेका त्याहा टुहुरा बालक।
धनजन क्षती भएको त्यहा कस्को छ के हक।।

बालबालिका रुदा शहर गाउँ टुहुरा भएका।
आमा र बुवा कोहि नाइँ भन्दै सडकमा गएका।।

एकजना त्याहा पत्रकार गए संसारै डुलेर।
टुहुरा बालक धेरै छ्न त्याहा खानालाइ भुलेर।।

मेरो कोहि छैनन् बचाऊ भन्ने सबैको नाराले।
लगाउने पनि कपडा छैन भन्दाछन साराले।।

सबैको खाली ब्यानर छ ,नाङ्गै छन बालक।
नारा र जुलुस गर्दैछन ,कसको छ के हक।।

मेरो कोहि छैन बचाउ भन्ने आवाज गरेर।
बालकहरु रुदाछन सारा अगाडि सरेर।।

पत्राचार थिइन् बेलायती तिनि डुलेर आएकी।
एकलाइन्टेन थियो उनको नाम अधिकार् पाएकी।।

तिनी बालकको फोटो उनले त्यहा खिचेर लिइछन।
नरोऊ बाबू,नानी भनेर त्यहा सान्त्वना दिइछन।।

बालकको फोटो त्यहा सबैले खिचेको देखेर।
एकलाइन्टेनलाइ कारबाही गर्न भनेछ लेखेर।।

नाङ्गैछन बालक खिचेको फोटो प्रचार हुनाले।
आँखा छन राता बालकका त्यहा दिनदिनै रुनाले।

नाङ्गो मानिसको फोटो खिच्नेलाई कारबाही गरीन्थ्यो।
उठ्यो र दया पत्रकारलाई कानुनलाई मारीन्थ्यो।।

उन्डैसौ तेईस सालमा ऊनि जेलमा परेकी।
एकलाइन्टेन ऊनि महिला थिइन् अगाडि सरेकी।।

जेलमा रहि उनले त्यहा बालक हरुको।
बाल अधिकारको अबधारण ल्याइन अरुको।।

बालक हरुले अधिकार पाउने नियम बनाइन।
बिश्वमा सबै देशमा पनि यो कुरा जनाइन् ।।

एकलाइन्टेन जीको यो कुरालाई सबैले सुनेर।
बालबालिकाको अबधाराण बनाइन मनैले गुनेर।।

बिश्वका एकसय छ्यानब्बे राष्ट्र समर्थन भएछन।
सामनिया र अमेरीका मात्र बिरोधमा गएछन।।

सबैले माने यो कुरालाइ नियम बनाए ।
बिश्वका अरु छुटेका राष्ट्र सबैलाई जनाए।।

बाल अधिकारको अबधारण सबैले जानेको।
सामनिया र अमेरीका बाहेक अरुले मानेको।।

दुई सय जति देशले पछि समर्थन गरेर।
बालअधिकार को नियम बन्यो अगाडि सरेर।।

यो नियम पहिला बिश्वमा थियो नेपालमा थिएन।
बालकहरुको अधिकारको जानकारी कसैले दिएन।।

बिश्वको कुरा नेपालमा पुग्यो नेपालीहरुले।
बिश्वको नियम समर्थन गरे बुझेर अरुले।।

उन्डैसौ नब्बे सेप्टेम्बर चौध यो कुरा मानेर।
नेपालले पनि समर्थन थियो ठिकै हो ठानेर।।

उन्डैसौ नब्बे अक्टोबर चौध लागू भो नेपाल।
बालबालिका ले अधिकार पाए अब त यो साल।।

बिश्वमा अरु देशमा पुग्यो यो कुरा पहिले।
नेपालमा पनि कार्यान्वयन भएको छ अहिले।।

बालबालिका शान्तिका क्षेत्र यो नियम भन्दछ।
बालकहरुलाइ थुनथेप गर्नु अब त बन्दछ।।

नेपाली नियम सोर्‍ह बर्षका बालक भन्दछ।
बिश्वको नियम अठार बर्ष बालक गन्दछ।।

उन्डैसौ अघि उनान्नब्बे साल यो सन्धी भएको।
बालकहरुको नियम पारीत गरि बिश्वमा रहेको।।

अठार बर्षका मुनीकालाइ बालकै भनेर।
बालकको संख्या धेरै छ यहाँ बिश्वले गनेर।।

जन्मेदेखी अठार बर्ष सम्म बालकै मानिन्छन।
युद्धमा लिने थुनथेप गर्ने अपराधी ठानिन्छन।।

बालश्रमको विरुद्ध यहाँ निर्णय गरेको।
इटाली देशको फलोरेन्स शहरमा यो कुरा चलेको।।

नेपाल बाट तीन जना गए बाल र बालिका ।
हामिले पनि यो नियम मानौ आ आफ्नो पालीका।

बिश्वको सबै देशको त्यहा सम्मेलन भएर।
यो सभालाइ उट्घाटन गरे नेपाली गएर।।

बिश्वकै बालक उपस्थिति थिए फ्लोरेन्स शहर।
विभिन्न प्रस्ताब पारीत गरे मानेर रहर।।

सात वटा प्रस्ताब निर्णय भए धेरै छन लेखेका।
शुखले खान पाउनु पर्ने बालकले देखेका।।

बालश्रम बाट उन्मुलन गर्न सल्लाह गरेर ।
बालकलाई सरक्षण गर्न उपाए गरेर।।

शिक्षा पाउनु अधिकार हो भन्दै अघि बढेर।
विभिन्न प्रस्ताब पारीत भए धेरैछन लेखेका।।

बालबालिका शान्तिका क्षेत्र हामिले ठान्नु छ।
जुन कुरा नानिहरुले भन्छन सो कुरा मान्नुछ।

कतिका बुवा धूम्रपान पार्ने बालकहरुका।
जाड र रक्सी नखानुहोला नजिक अरुका।।

बाबुको ज्ञान सिकेका हुन्छन बालकहरुले।
कुलत बाट बालकहरुलाइ नलिनु अरुले।।

चर्चामा

सम्बन्धित समाचार