सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • ह्वाट्सएप स्टाटसमा कसरी गीत राख्ने ?

ह्वाट्सएप स्टाटसमा कसरी गीत राख्ने ?

  • बुधबार, बैशाख ३, २०८२
ह्वाट्सएप स्टाटसमा कसरी गीत राख्ने ?

यदि तपाईँ ह्वाट्सएपमा गीतको स्टाटस राख्न चाहनुहुन्छ भने रमाइलो अवसर छ। ह्वाट्सएपले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गरेको छ । यसमा तपाईंले आफ्नो रोजाइको कुनै पनि गीतलाई स्टाटसमा राख्न सक्नुहुन्छ । अब गीतहरू अपलोड गर्ने विकल्प व्हाट्सएपमा नै उपलब्ध हुनेछ ।

ह्वाट्सएपमा कसरी गीत राख्ने ?

ह्वाट्सएप स्टाटसमा गीत राख्ने प्रक्रिया एकदमै सजिलो छ। यो फिचरले इन्स्टाग्राम र फेसबुक जस्तै काम गर्नेछ । यसको लागि ह्वाट्सएप खोल्नुहोस् । दायाँतिर देखिने विकल्पहरूमध्ये अपडेटमा क्लिक गर्नुहोस् ।

यो गरिसकेपछि ‘एड स्टाटस’ मा क्लिक गर्नुहोस् । अब ग्यालरीबाट आफूले चाहेको फोटो छान्नुहोस् । फोटो छनौट गरेपछि स्क्रिनको माथिल्लो बायाँ छेउमा संगीत आइकन देख्नुहुनेछ । संगीत आइकनमा क्लिक गर्नुहोस् । यहाँ सर्च गरेर गीत खोज्नुहोस् । त्यसपछि आफूले चाहेको गीत छान्नुहोस् ।

आफ्नो रोजाइको गीत छनोट गरेपछि आफूले चाहेको गीतको भाग छान्नुहोस् । ‘डन’ मा क्लिक गरेपछि स्टेटसमा गीत थपिनेछ। अब तलको कुनामा दिइएको सेन्ड अप्सनमा क्लिक गर्नुहोस् । यसपछि यो अपलोड हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार