बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • शिक्षा
  • नयाँ वर्षले छोएन शिक्षकलाई , आज पनि सडकमै

नयाँ वर्षले छोएन शिक्षकलाई , आज पनि सडकमै

  • सोमवार, बैशाख १, २०८२
नयाँ वर्षले छोएन शिक्षकलाई , आज पनि सडकमै

काठमाडौं— विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले नयाँ वर्षको दिन पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासंघले सोमबार बैशाख १ गते पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

महासंघले संसदको वर्षे अधिवेशन तत्कालै सुरू गर्ने,विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हड्ताल समेत गरेका छन् ।

जसका कारण बैशाख २ गतेबाट सुरू हुने नयाँ शैक्षिक सत्र समेत प्रभावित हुने देखिएको छ । शिक्षकहरूको लगातारको आन्दोलनका कारण माइतिघर–बबरमहल क्षेत्रमा यातायात आवागमन समेत प्रभावित हुँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार