• होमपेज
  • समाचार
  • प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन

प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन

  • शनिबार, चैत्र २९, २०८१
प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन

काठमाडौं — प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ ।

जारी आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रधान कार्यालयको यो निर्देशनसँगै अर्को आदेश नभएसम्म राजीनामा स्वीकृत हुने छैन ।

हालसातै काठमाडौं केन्द्रित भएर विभिन्न आन्दोलन र प्रदर्शन भएका थिए । अहिले पनि शिक्षक, आवासीय चिकित्सक, लगायत अन्य संघ, संगठन, संस्था र समूहका आन्दोलन जारी नै छन् ।

राजावादिहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि अहिले आन्दोलन र प्रदर्शनमा ठूलो मात्रामा प्रहरी खटाइने गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार