• होमपेज
  • समाचार
  • प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी

प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी

  • शनिबार, चैत्र २९, २०८१
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी

सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधि सभा सदस्य बोहराको चैत १९ गते निधन भएको थियो । सांसद बोहोराको उपचारको क्रममा निधन भएको हो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार