बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाचार
  • दुर्गा प्रसाईं झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ, काठमाडौं पठाइँदै

दुर्गा प्रसाईं झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ, काठमाडौं पठाइँदै

  • शुक्रबार, चैत्र २८, २०८१
दुर्गा प्रसाईं झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ, काठमाडौं पठाइँदै

काठमाडौँ— मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।

तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्‍यो ।

यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।

सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।

प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको बताइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ पठाउने तयारी भएको छ ।

May be an image of ‎text that says '‎मुभकजलय नेपाल प्रहरी प्रहरी महानिरोक्ककको प्रधान मंत्रमन आरतहल कार्यालय सचिवालय फोन 9ಿ-್ಆತಗಭ 0។-ទ។មជ០ម្ន L09 Ex1. 09-69代〇〇 ។99 ٩٩ط पत्र संसया प्रा.प.स. (०८१/०८२) च.न.:- पो.ब.तं. ម០0 नक्साल, काठमा्डा विषय प्रेस विज्सि। मिति: २०८११२२९गते ने.सं.: 422 मिति २०८११२१५ गते काठमाडौंको तीनकुनेमा भएको हिसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाई उक्त घटनामा संलग्न निजका अंगरक्षक दिपक खड्कालाई आज मिति २०८११२२९ झापा जिल्लाको भत्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाडा ल्याईंदे गरिएको ब्यहोरा जानकारी गराइन्क। प्रहरी नायब महानिरीक्षक (दिनेश कुमार आचार्य) केन्द्रीय प्रहरी प्रवक्ता Website: https://wwwnepalpolice.gov.np. E-mail: phqigs@nepalpolice.gov.np. phqigscpr@ncpalpolice.gov.np‎'‎

नाका परिवर्तन

उनलाई नेपाल ल्याउन लागिएको खबरपछि शुक्रबार बिहान झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउन लागिएको हो ।

चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्वराजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाट स्थित घरमै नजरबन्द गरिएको छ ।

प्रसाईँ भने त्यहाँबाट भागेर भारत पुगेका थिए । भारतमा पुगेपछि उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो सन्देश पोस्ट गरेर आफू नेपालमै भएको तर ‘जोगिएर’ बसेको बताएका थिए ।

प्रसाईँ विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाइने प्रहरी अधिकृतहरू बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार