
बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुरा दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारीमा रुपमा आएका सन्तोष राय सरुवा भएर गएपछि जिल्ला प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी बिहिन बनेकाे हाे । सहायक प्रमुख जिल्ला अधिकारीमा रुपमा आएका सन्तोष राय सरुवा भएर गएपछि प्रशासनमा नागरिकता सहितका काम गर्ने शाखा अधिकृत विहिन बनेको छ।
दैनिक रुपमा प्रशासनमा सेवाग्राहीहरुको भीड लाग्ने गरेको भएपनि नागरिकता लगायतका सेवा लिन घण्टौं कुर्नुपर्ने बाध्यता रहेको छ । प्रशासनमा नागरिकताको बनाउनेको घुँईचा लाग्ने गरेको छ । प्रशासनमा दैनिक रुपमा ५० देखि ७० जनाले नागरिकता बनाउने सेवाग्राही आउने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रशासनमा नागरिकता बनाउनेको घुइँचो लाग्ने गरेको भएपनि शाखा अधिकृत सरहको सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा दैनिक कामकाजमा समस्या भएको छ । एसइइ दिएर बसेका विद्यार्थी र अन्य प्रशासनमा नागरिकता बनाउन आउने हुँदा नागरिकता कक्ष र राष्ट्रिय परिचय पत्र बनाउने कक्षमा दैनिक रुपमा भीड हुने गरेको छ ।
