बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • क्रिकेट
  • टी-२० सिरिजमा कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

टी-२० सिरिजमा कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

  • बुधबार, चैत्र २६, २०८१
टी-२० सिरिजमा कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं —चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ। हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले १५१ रन बनाएको थियो। कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन्। पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ८१ रनको साझेदारी गरेका थिए। शेखले ३३ रन बनाए।

तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र वसिर अहमदले ६२ रनको साझेदारी गरे। रोहित ३७ रनमा र वसिर ३० रनमा अविजित रहे।

कतारका लागि मुजीव उर्र रहमानले २ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

कतारका लागि कप्तान इक्रमूललाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका हुन्। ओपनिङमा आएका अर्मुगागणेश नागाराजनले १३ रन बनाए अर्का ओपनर रिफाई ठेरुभात ६ रनमा क्याच आउट भए। शाहजैब जामिलले ३१ रन बनाए। मुजीव उर रहमान २० र मोहम्मद ईर्साद १८ रनमा अविजित रहे।

बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १-१ विकेट लिए।

चर्चामा

सम्बन्धित समाचार