• होमपेज
  • समाचार
  • कुलमानको पुनर्बहाली माग्दै काठमाडौंमा प्रदर्शन

कुलमानको पुनर्बहाली माग्दै काठमाडौंमा प्रदर्शन

  • आइतवार, चैत्र २३, २०८१
कुलमानको पुनर्बहाली माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं —कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा आइतबार प्रदर्शन भएको छ ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।

सहभागीहरू तामाङ पोशास, नेवारी पोशाक, डम्फू र झाक्रीको पोशाकमा प्रदर्शनमा उत्रिएका थिए ।
कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।

११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार