मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • समाचार
  • संसद् बैठक भोलिसम्मका लागि स्थगित

संसद् बैठक भोलिसम्मका लागि स्थगित

  • आइतवार, चैत्र १६, २०८१
संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं —प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।

सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।

आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार