बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • समाचार
  • निर्मल निवासले जरिवाना पत्र नबुझेपछि महानगरले हुलाकबाट पठायो

निर्मल निवासले जरिवाना पत्र नबुझेपछि महानगरले हुलाकबाट पठायो

  • आइतवार, चैत्र १६, २०८१
निर्मल निवासले जरिवाना पत्र नबुझेपछि महानगरले हुलाकबाट पठायो

काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ ।

आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको महानगरका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले बताए ।

महानगरले हिजो सार्वजनिक सूचना मार्फत शुक्रबार राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहर र क्षति गरेको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने जनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार