सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाचार
  • राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

  • शुक्रबार, चैत्र १४, २०८१
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।

‘४ : ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले  भने ।

चर्चामा

सम्बन्धित समाचार