मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • समाचार
  • कोटेश्वरको भाटभटेनीमा लुटपाट

कोटेश्वरको भाटभटेनीमा लुटपाट

  • शुक्रबार, चैत्र १४, २०८१
कोटेश्वरको भाटभटेनीमा लुटपाट

काठमाडौं– राजावादीहरूको समूहले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा लुट मच्चाएका छन् । बंगलादेशमा एक वर्षअघि गरिएकै शैलीमा उनीहरूले भाटभटेनीमा लुट मच्चाएका हुन् ।

तीनकुनेबाट लखेटिएपछि कोटेश्वर क्षेत्रमा पुगेको राजावादीको एउटा समूहले भाटभटेनीमा पहिले आगजनी र तोडफोड गरे ।

त्यसपछि सम्भावित आन्दोलनको चिन्ताले सटर बन्द गरिएको भाटभटेनीमा राजावादीको समूहले लुट मच्चाएको हो ।

राजावादीले भाटभटेनीमा लुट मच्चाउने क्रममा आफूखुसी सामान उठाउँदै लगेका थिए । उनीहरूले लुटका क्रममा ढुंगामुढासमेत गरे ।

चर्चामा

सम्बन्धित समाचार