बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • समाचार
  • अराजक बन्दै राजावादी, सञ्चारगृहपछि एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

अराजक बन्दै राजावादी, सञ्चारगृहपछि एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

  • शुक्रबार, चैत्र १४, २०८१
अराजक बन्दै राजावादी, सञ्चारगृहपछि एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

काठमाडौं- राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ । तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् ।

कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन् ।

राजावादीका नाममा अराजकहरूको एउटा समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढा गरेका हुन्।

ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका शिशा सबैजसो फुटेका छन् । अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइरहेका छन् । उनीहरूले कार्यालयमै आगो लगाउन खोज्दा सुरक्षाकर्मीको उपस्थिति छैन ।

चर्चामा

सम्बन्धित समाचार