सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्प, दुवै देशमा जनधनको ठूलो क्षति

म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्प, दुवै देशमा जनधनको ठूलो क्षति

  • शुक्रबार, चैत्र १४, २०८१
म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्प, दुवै देशमा जनधनको ठूलो क्षति

काठमाडौं— थाइल्यान्ड र छिमेकी म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ।

यो भूकम्पका कारण म्यानमारमा पनि ठूलो क्षति भएको छ । समाचार एजेन्सी एपीका अनुसार, अमेरिकी जियोलोजिकल सर्भे र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले यो भूकम्पको केन्द्र म्यानमार रहेको जनाएका छन् ।

थाइल्यान्डका कयौँ भागमा भूकम्पको कडा झट्का महुसस गरिएको छ । भूकम्पका कारण कयौँ भवन भत्किएका छन् भने कयौँ खाली गरिएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेले यस भूकम्पलाई ७.७ म्याग्निच्यूडको भनेको छ। चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाले चीनको चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरलाई उद्धृत गर्दै यसलाई ७.९ म्याग्निच्यूडको भनेको छ ।

चर्चामा

सम्बन्धित समाचार