इन्डियन प्रिमियर लिग(आइपीएल)मा सनराइजर्स हैजदरवादलाई हराउँदै लखनउ सुपर जायन्टले पहिलो जित निकालेको छ।
हैदरवादस्थित राजिव गान्धी स्टेडियममा हैदरवादलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरवादले १९० रन बनाएको थियो। हैदरवादले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको लखनउले १६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
लखनउका लागि निकोलस पुरनले सर्वाधिक ७० रनको पारी खेले। उनले २६ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। ओपनर मिचेल मार्सले ५२ रनको अर्धशतकीय पारी खेले। कप्तान रिसब पन्तले १५ रन बनाए। डेबिट मिलर र अब्दुल सामदले क्रमशः १३ र २२ रनमा अविजित रहे। हैदरवादका लागि बलिङमा प्याट कमिन्सले सर्वाधिक २ विकेट लिए। मोहम्मद सामी, आडम जम्पा र हर्षल पटेलले समान १–१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको हैदरवादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। नितिश कुमार रेड्डीले ३२, हेन्रिच क्लासिनले २६, अनिकेत बर्माले ३६ कप्तान प्याट कमिन्सले १८ रन बनाउँदा हर्षल पटेल १२ रनमा अविजित रहे।
लखनउका लागि बलिङमा सार्दुल ठाकुरले सर्वाधिक ४ विकेट लिए। आवेश खान, दिग्वेश राठी, रवि विश्नोइ र प्रिन्स यादवले समान १–१ विकेट लिए। हैदरवादले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो। लखनउले भने पहिलो खेलमा दिल्लीसँग १ विकेटले हारेको थियो।
आजको खेलमा चेन्नाई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरले खेल्नेछन्।