सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाचार
  • आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • शुक्रबार, चैत्र १४, २०८१
आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

बाजुरा–हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा आज राति हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार