सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • शिक्षा
  • पाठ्यपुस्तक छपाइ सकियो, शैक्षिक सत्र अगावै विद्यालय पुग्ने

पाठ्यपुस्तक छपाइ सकियो, शैक्षिक सत्र अगावै विद्यालय पुग्ने

  • बिहिबार, चैत्र १३, २०८१
पाठ्यपुस्तक छपाइ सकियो, शैक्षिक सत्र अगावै विद्यालय पुग्ने
फाइल तस्वीर

काठमाडौं —जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो ।

‘छपाइको काम सकियो । शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरिका विद्यालयहरूमा किताब पुग्छ,’ केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले भने ।

उनका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुनेछ ।

कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको केन्द्रले जनाएको छ । कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाबाट छपाइ भएको केन्द्रकी सूचना अधिकारी पार्वती न्यौपानेले बताइन् ।

उनका अनुसार यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ ।

‘शतप्रतिशत किताब छपाइ भइसकेको छ । १७ चैतदेखि सबै ठाउँमा किताब पुग्छ,’ उनले भनिन्, ‘यसपटक किताब गोदाममा थन्केला भन्ने चिन्ता छ ।’

पुस्तक वितरणका लागि केन्द्रले तालिका नै बनाएको छ । १ वैशाखभित्र सबै जिल्लामा पुस्तक पुर्‍याउने गरी केन्द्रले तालिका बनाएको छ ।

त्यस्तै पाठयक्रम विकास केन्द्रले यो वर्ष तीन वटा अतिरिक्त विषयको नयाँ पाठ्यपुस्तक छपाइ भएको जनाएको छ ।अतिरिक्त गणित, अर्थशासास्त्र र कम्प्युटर साइन्सको किताब छपाइ भएको केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए । अतिरिक्त तीन वटा विषय कक्षा ९ को हो । अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार