बाजुरा—बाजुरामा आयोजना हुन गइरहेको प्रथम बडीमालिका कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवमा महानायक राजेश हमाल आउने भएका छन् । यहीँ चैत्र १६ गतेदेखि सुरु हुने उक्त महोत्सवमा आफ्नो प्रस्तुति दिन महानायक हमाल बाजुरा आउन लागेका हुन् ।
उक्त महोत्सवमा प्रस्तुतिका लागि महानायक हमाल चैत्र २६ गते बाजुरा आउने आयोजकले जानकारी दिएको छ ।
बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजनामा सदरमुकाम मार्तडीमा हुन लागेको महोत्सवको तयारी समेत तीव्र पारिएको जनाएको छ ।
त्यस्तै करिब १० दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित कलाकारहरुको प्रस्तुति रहने छ ।