काठमाडौं —स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन् ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।
अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । थापा यसअघि बोर्डका सदस्य समेत थिए ।
यसभन्दा अगाडिका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा बोर्डलाई सोचेजस्तो हिसाबले अगाडि बढाउन नसकेको भन्दै गत २८ भदौमा राजीनामा दिएका थिए ।