काठमाडौं —सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकलाई उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
अब तपाईं अदालत जानुहुन्छ भन्ने प्रश्नमा कुलमानले भने, ‘मैले पनि समाचारबाट थाहा पाएँ । पहिला त आधिकारिक पत्र आउल त्यसपछि के गर्ने निर्णय गर्छु तर अदालत त जानुपर्ला ।’