बिहिबार, चैत्र १३, २०८१
  • होमपेज
  • समाचार
  • प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, अरु पदाधिकारी को-को ?

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, अरु पदाधिकारी को-को ?

  • मङ्लबार, चैत्र ११, २०८१
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, अरु पदाधिकारी को-को ?

काठमाडौं — नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ ।

निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे ।

त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।

काे-काे भए निर्वाचित ?

चर्चामा

सम्बन्धित समाचार