राजेन्द्र विक —बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ५ मनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ।
मना शहरी स्वास्थ्य केन्द्रमा संचालन भएको शिविरमा महिलाको पाठेघरमा हुने मुखको क्यान्सर सम्बन्धी र अन्य यौनजन्य रोगहरुको चेकजाँच तथा उपचार सेवा प्रदान गरिएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताएका छन् । पछिल्लो समय दुर्गम गाउँका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर लगायत यौनजन्य रोगहरु बढी देखिएकाे भन्दै गाउँमै निःशुल्क शिविर संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख खड्काको भनाइ छ।
नगरपालिकाको आयोजना तथा वडा नम्बर ५ को समन्वयमा स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिल शाह तथा सि अनमि ललिता दानीद्वारा वडा भित्रका करिब ५० जना महिलाको यौनजन्य रोगहरु बारे चेकजाँच,उपचार तथा परामर्श सेवा प्रदान गरिएको मना शहरी स्वास्थ्य केन्द्र मनाले जनाएकाे छ ।