मङ्लबार, चैत्र ११, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिसमक्ष सरकारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपतिसमक्ष सरकारले बुझायो वार्षिक प्रतिवेदन

  • आइतवार, चैत्र ९, २०८१
राष्ट्रपतिसमक्ष सरकारले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं— सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

सरकारको प्रतिवेदन बुझ्‍दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताए ।

उनले उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त हुने बताए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे।

उनले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार