मङ्लबार, चैत्र ११, २०८१
  • होमपेज
  • समाचार
  • गोरखाबाट पूर्वराजाको सन्देश- देशमा शान्ति चाहिएको छ, केही गर्न कोही डराउन पर्दैन

गोरखाबाट पूर्वराजाको सन्देश- देशमा शान्ति चाहिएको छ, केही गर्न कोही डराउन पर्दैन

  • शनिबार, चैत्र ८, २०८१
गोरखाबाट पूर्वराजाको सन्देश- देशमा शान्ति चाहिएको छ, केही गर्न कोही डराउन पर्दैन

काठमाडौं —पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।

उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’

धेरै वर्षपछि आफ्नो जन्मथलो गोरखा आउँदा खुसी लागेको उनको भनाइ छ । पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिकस्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार