काठमाडौं —५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालत प्रशासनले केहीबेरअघि ३ वैशाखका लागि तारेख तोकेको हो ।
आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए ।
तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रुपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए ।