सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाचार
  • लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई सुमनाको आग्रह

लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई सुमनाको आग्रह

  • सोमवार, चैत्र ३, २०८१
लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई सुमनाको आग्रह

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले लोक सेवा आयोगका अध्यक्षलाई सम्झिएकी हुन् ।

‘सुशासनसम्बन्धी विधेयकमा छलफल गर्दै गर्दा हालका अध्यक्ष (लोकसेवा आयोग अध्यक्ष माधव रेग्मी) ले समितिको बैठकमा ‘मैले सय जना कर्मचारीलाई केही गर्न सकेको छैन संघ संगठनका कारणले भन्नुभएको छ,’ सांसद सुमनाले जानकारी गराइन् ।

लोक सेवा आयोगलाई काम गर्न सहज हुने र सुशासन कायम गर्न सहयोग पुग्नेगरी ऐन बन्नुपर्नेमा सांसद सुमनाको आग्रह छ ।

चर्चामा

सम्बन्धित समाचार