• होमपेज
  • पत्रपत्रिका
  • अर्थसहित दुईवटा समितिको बैठक बस्दै

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

  • आइतवार, चैत्र २, २०८१
अर्थसहित दुईवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अर्थ समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार