• होमपेज
  • कला /साहित्य
  • देशभित्र फेरी पनि रक्तपात हुँने देखिन्छ

देशभित्र फेरी पनि रक्तपात हुँने देखिन्छ

  • मङ्लबार, फाल्गुन २७, २०८१
देशभित्र फेरी पनि रक्तपात हुँने देखिन्छ

देशभित्र फेरी पनि रक्तपात हुँने देखिन्छ,
हिमाली काखमा जनघात हुँने देखिन्छ।

नालायक सत्ताका भोका नेताले गर्दा हो,
ल्याएको गणतन्त्रको मात हुँने देखिन्छ।

हिमाल पहाड तराई सयौँ फूलको बगैचा,
अँधकारमय त्यही प्रभात हुँने देखिन्छ।

पचेन की हामिलाई स्वाभिमान स्वतन्त्रता,
अस्तायोभने उही कालो रात हुँने देखिन्छ।

कस्तो थियो त्यो तानाशाही व्यवस्था यहाँ,
नीजि स्वार्थमा उस्तै हालात हुँने देखिन्छ।

हाम्रै स्वतन्त्रताकै घाँटी रेट्न थालियो भने,
देशभित्र फेरी रगतको बर्षात हुँने देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार