• होमपेज
  • समाचार
  • विधायन व्यवस्थापनसहित दुई समितिको बैठक बस्दै

विधायन व्यवस्थापनसहित दुई समितिको बैठक बस्दै

  • मङ्लबार, फाल्गुन २७, २०८१
विधायन व्यवस्थापनसहित दुई समितिको बैठक बस्दै

संघीय संसदका विभिन्न दुई समितिको बैठक आज बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा लैङ्गिक कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार