बाजुरा– बुढीगंगा नगरपालिका वडा ७ झालीकी ४६ बर्षिया सानु देवी कटुवाल बिरामी भएर सेती प्रादेशीक अस्पतालको शैयामा छटपटाईरहेकी छन । आर्थिक श्रोतको अभावका कारण उपचार गर्ने खर्च नहुदा एक हप्तादेखी अस्पतालको शैयामा छटपटाईरहेकी छन । उनको पेटमा पानी जम्ने र कलेजोमा समेत समस्या भएकोले शल्यक्रिया गर्नुपर्ने चिकित्सकको भनाई रहेको छ ।
शल्यक्रिया गर्नका लागि उनिसंग आर्थिक श्रोत छैन । उनका श्रीमान् कर्णबहादुर कटुवालको एक वर्षअघि भारतमा काम गर्न गएको र घरको ८ औँ तलाबाट खसेर घाईते भई उपचारकै क्रममा रहेका छन । घाईते श्रीमानको उपचारमा सहयोगीको रुपमा रहेकी सानु देवी आफै बिरामी परेर थला परेकी छन । उनि हाल सेती प्रादेशीक अस्पतालको शैयामा छटपटाई रहेकी छन । मजदुरीका लागि भारत गएका उनका श्रीमान घाईते भएको खबर सुन्दा उनि श्रीमान बचाउन बाजुराबाट धनगडी पुगिन । ‘सानोतिनो क्रण तिर्नु थियो । घरमा खान लाउनको पनि समस्यै थियो,’ उनले भनिन्, ‘दुई–चार पैसा कमाइ ल्याउँछु, क्रण तिरौंला, सबैलाई एक जोर नाना (लुगा) पनि फेरौला भनेर गएका श्रीमान घाईते भए । उनको उपचारमा समस्या भयो सोही क्रममा आफु समेत बिरामी भएको उनले बताईन । उनका श्रीमानको उपचार गरिए पनि दाहिने हात पुर्णरुपमा काम नलाग्ने भएको छ ।
श्रीमान घाईते भएपछि घरको सबै जिम्मेवारी सानुदेवीको काँधमा आयो । सानुदेवी हाल अस्पतालको शैयामा छन । कलेजोमा समस्या एकातिर पेटमा पानी जमेर अर्को समस्या रहकी उनको ‘अहिले त राम्ररी हिँड्न र उठबस गर्न पनि मिल्दैन गरिखानु न मरिजानु भएको छ,’ उनका आफन्त मिन कटुवालले बताए । स्वास्थ्यकर्मीले पेट र कलेजोमा समस्या भएको उपचारमा झनै समस्या आइलागेको उनका आफन्त मिनले बताएका छन ।
आफन्तले उनका श्रीमान बचाउन सहयोग गरे तर उनि पनि जिवनभर अपाङ्ग नै हुने भए अर्को उनी पनि बिरामी हुदा आफन्तसंग भएको श्रोत पनि सकियो कसरी शल्यक्रिया गर्ने समस्या भएको आफन्त मिनको भनाई छ । केही महिना अगाडी अभियान चलाएर १ लाख ७० हजार जम्मा गरे त्यसले पनि पुगेन फेरी पनि सहयोगको अपेक्षा रहेको मिनको भनाई रहेको छ । उनले सहयोगी दाताहरुलाई सानो भए पनि सहयोग गरिदिन अनुरोध गरेका छन । सानुदेवीका ६ छाेराछाेरी छन उनिहरुकाे भबिस्य पनि अन्धकार हुने अवस्थामा रहेकाे छिमेकीहरुले बताएका छन ।
श्रीमान अपाङ्ग भए श्रीमती उपचार खर्च नपाएर अस्पतालमै छन अव उनका छाेरीछाेरीकाे अबस्थामा पनि कमजाेर हुने भयाे छिमेकीहरुले चिन्ता ब्यक्त गरेका छन । उनक एक छाेरा पाेखरमा सब इन्जिनयर पढिरहेका छन अव उनकाे पढाइ समेत अधुराे हुने भयाे उनका छिमेकीहरुले बताए ।
सहयाेेगकका लागि