• होमपेज
  • समाचार
  • अनेरास्ववियु जनप्रशासनले गर्यो मेमोरी पावर सेमिनार

अनेरास्ववियु जनप्रशासनले गर्यो मेमोरी पावर सेमिनार

  • आइतवार, फाल्गुन २५, २०८१
अनेरास्ववियु जनप्रशासनले गर्यो मेमोरी पावर सेमिनार

गिनिज बुक वर्ल्ड रेकर्ड राख्न सफल मेमोरी किंङ अर्पण शर्माको १ दिने मेमोरी पावर सेमिनार अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले आयोजना गरि सम्पन्न गरेको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु पूर्व अध्यक्ष माधव ढुङ्गेल प्रमुख अतिथी रहेको कार्यक्रममा जनप्रशासन क्याम्पसमा बिपिए, एमपिए अध्ययनरत करिब ४५० भन्दा बढि विद्यार्थीहरु उपस्थित भएका थिए ।

कार्यक्रममा बाेल्दै स्ववियु सभापति अग्र बहादुर शाहीले भने ” यस प्रकारका एकेडमीक लगायत विद्यार्थीको सर्वाङ्गीण विकास हुने प्रकृतिका कार्यक्रम स्ववियु मार्फत गर्ने प्रयास गरेका थियौँ, नमुना युवा सांसद कार्यक्रम, मक टेस्ट, विज्ञ कक्षा, क्यालेन्डर प्रकाशन, पुराना प्रश्न पत्रहरुको संग्रह प्रकाशन निःशुल्क वितरण, विद्यार्थी सम्मान विदाई, वृक्षारोपण, खेलकुद, तिज लगायत विभिन्न कार्यक्रम गर्यौ,जति पटक जे कार्यक्रम गर्न छलफल गर्यो, स्ववियुकै अन्य संगठनका हामिले नै त्यो ठाउँमा पुगाएका साथिहरुले सबैमा अवरोध गर्न थाले, जनप्रशासन क्याम्पस विवेकशील, नैतिकवान आदारणिय विद्यार्थी साथिहरु अध्ययन गर्ने, विभिन्न सेवामा कार्यरत विद्यार्थी साथिहरु अध्ययनरत हुँदा यस प्रकारका कार्य यस क्याम्पसमा अध्ययनरत आदारणिय विद्यार्थी साथीहरु समक्ष प्रस्तुत गर्न पनि असहज महसुस हुन्छ, हुँदा हुँदा सञ्चालक समितिको बैठकमा समेत को पुगेर सर्च कमिटीको गाँठो फुकाए जस्ता हास्यास्पद न्यूज देख्नु भयो होला र बुझ्नु पनि भयो होला, को को सञ्चालक समितिको बैठकमा जान पाउछन किन, कसरी गए ? हो हामी गुण्डा गर्दी गर्दैनौ, कसैलाई धम्काउदैनौ, तर्साउदैनौ तर यस प्रकारका एकेडमीक कार्यक्रम गर्छौ। कति कार्यक्रम अपमानित हुँदा हुदै, धाक धम्की सहेरै, अभद्र व्यवहार सहेरै पनि आम आदारणिय विद्यार्थी साथिहरुले गरेको अपार मायालाई सम्झिदै गर्यौ । यस बिचमा महसुस भयो सक्षम व्यक्ति नेतृत्व गर्न अग्रसर नहुनेहो भने असक्षम व्यक्तिले सक्षम व्यक्तिमाथि मुर्खताका साथ शासन गर्दोरैछ त्यसैले सक्षम साथिहरु अग्रसर हुन पनि जरुरी छ। हामीले नैतिकताका साथ बाहुबल देखाउने चेष्टा नगर्दा स्ववियुलाई अझ भने सोचे जस्तो रफ्तारमा चलाउन सकेनौँ। अब त्यो बाताबरण दोहोरिने छैन त्यस्ता पात्र दोहोरिने छैनन् भन्नेमा पनि ढुक्क छौँ। “

हामी नेपालका विभिन्न सार्वजनिक संस्थानहरूमा विभिन्न पदहरूको प्रतिस्पर्धाका लागि सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्नेछौ , नेपालका रक्षा सेवामा विभिन्न पदहरूको योग्यता हासिल गर्न सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्नेछौ, हामी नेपालका स्वास्थ्य क्षेत्रमा विद्यार्थीको करियर निर्माण गर्नका लागि सहयोगी र व्यापक तयारी कक्षाहरू सञ्चालन गर्नेछौं । हामी नेपालमा बैंकिंग परीक्षामा सफल हुनका लागि सहयोगी विविध तयारी कक्षाहरू प्रदान गर्नेछौ । हामी नेपालमा शिक्षक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्नेछौ । हामी नेपालमा सार्वजनिक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्ने छौं। अहिले अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छौ अव भौतिक रुपमै व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नेछौ। आदारणिय विद्यार्थी साथिहरु तपाईहरुको सहजताको लागी हरेक सुक्रबार मक टेस्ट , लाइभ क्वीज कार्यक्रम, हाजिरी जबाफ, थेसिस लेखनका कक्षा, लोकसेवा लेखन सिपका कक्षा, विभिन्न विषय विशेषज्ञका कक्षा, सिम्याटका कक्षाहरु लगायत कार्यक्रम गरेका छौ भने यस प्रकारका मेमोरी पावर सेमिनारमा तपाईहरु सहभागी नै हुनुहुन्छ । अब तत्काल अर्को वर्षको लागी विद्यार्थीको लागी निशुल्क लोकसेवा आयोग शाखा अधिकृतको कक्षा सुरु गर्छौ, मेमोरी पावरका प्याकेज निशुल्क गर्छौ अन्य आवश्यक कार्यक्रम छलफल गरेर गर्छौ। आदारणिय विद्यार्थी साथिहरुलाई जानकारी होला सिम्याट टपरलाई २०% छात्रवृत्ति, लाईब्रेरी धरौटी फिर्ता, एमपिए प्रथम सेमेस्टर को Fundamental of public administration को लागी जनप्रशासन अखिल आवाज, सडक निर्माण मन्दिर निर्माण, सूचना बोर्ड, गुनासो पेटिका गेट निर्माण लगायत यावत विद्यार्थी पक्षीय तमाम काम अनेरास्ववियुले गरेको छ ।

आदारणिय विद्यार्थी साथिहरुलाई सार्वजनिक प्रशासन, व्यवस्थापन, विकास र नीतिसम्बन्धी विषयहरूमा अध्ययन, अध्यापन, र अनुसन्धानको कार्य गर्नका साथै शिपमुलक तालिमको व्यवस्था गर्न अनेरास्ववियुलाई नेतृत्वमा एकल बहुमतका साथ लिनुपर्ने देखिन्छ।

आदारणिय विद्यार्थी साथिहरु लोक सेवा आयोग परीक्षामा सफलता हासिल गर्न आत्मविश्वासका साथ तयारी गर्नुहोस्! विशेषज्ञ मार्गदर्शन, सम्पूर्ण स्रोतहरू र प्रभावकारी रणनीतिहरू प्राप्त गर्दै आफ्नो सपना पूरा गर्नुहोस्। आमाबुवाका सपना पुरा गर्नुस, तपाईका सपना पुरा गर्नुस, तपाई एक्लै हुनुहुन्न तपाईको साथमा अनेरास्ववियु छ, आजै आफ्नो यात्रा सुरु गर्नुहोस्! शुभकामना, अनेरास्ववियु तपाईको सफलताको सहयात्री बनिरहनेछ। भन्दै जनप्रशासन क्याम्पस कमिटी अध्यक्ष संखर दुबेले कार्यक्रम समापन गरेका थिए। भने अर्पण शर्माको प्रशिक्षण बाट विद्यार्थी निकै प्रसन्न थिए।

चर्चामा

सम्बन्धित समाचार